काठमाडौँ । नेपाली काँग्रेसका सभापती एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले आज पदाधिकारी बैठक बोलाएका छन् ।
बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको सहमहामन्त्री महालक्ष्मी उपाध्यायले जानकारी दिइन् । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारको काम कारबाही र पार्टी गतिविधिबारे छलफल हुने बताइएको छ ।
त्यसरी नै गर्भनर नियुक्तिमा देखिएको समस्या लगायत सरकारको नीति तथा कार्यक्रम बारे पनि पदाधिकारी बैठकमा छलफल हुनेछ । बैठक देउवा निवास बुढानिलकण्ठमा बोलाईएको हो ।