काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले इतिहासकै सबैभन्दा ठूला दल मिलेर बनेको सरकारले सामाजिक गतिशीलतालाई बुझेर नीति तथा कार्यक्रम ल्याउन नसकेको बताएका छन् । आज ९बिहीबार० प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दैउनले आम जनतामा निराशा, असन्तुष्टि र नकरात्मकता निर्माण भइरहेको अवस्थामा सरकारले नीति तथा कार्यक्रममार्फत नयाँ दृष्टिकोण र विचार दिन नसकेको बताएका हुन् ।
‘अहिले पहिलो र दोस्रो सबैभन्दा ऐतिहासिक दलहरुबाट निर्मित सरकारले दुःखको साथ मैले भन्नुपर्छ, सामाजिक गतिशीलता जतातिर गइराखेको छ, त्यो गतिशलतालाई बुझ्न सकेन । आम जनतामा निराशा, असन्तुष्टि र अराजकतापूर्ण नकारात्मक स्थितिको निर्माण भइरहेको छ । त्यसलाई नयाँ दृष्टिकोण र विचार राज्यले दिनुपर्ने थियो । त्यसमा मैले केही देखिनँ । सामान्यतः केही नयाँ र पुराना कुराहरु छन्,’– उनले भने ।
त्यस्तै, सीमान्तकृत र निरपेक्ष गरिबीको रेखामुनि रहेका नेपाली जनताको आयको सुनिश्चितता र सामाजिक न्यायको प्रत्याभूति दिने खालको कार्यक्रममा सरकार केन्द्रीत हुन नसकेको उनले बताए । मुलुक ऋणको भारी र भ्रष्टाचारको महामारीले सिकिस्त विरामी रहेको उनले बताए । नेता केसीले भ्रष्टाचार, कुशासन, विधिविहीनता र दण्डहीनतालाई निर्ममतापूर्वक नियन्त्रण गर्ने कुराको प्रतिवद्धता र इच्छाशक्ति सरकारको नीति तथा कार्यक्रममा कम रहेको बताए ।
साथै, दुई तिहाइको समर्थन रहेको सरकारले १० महिनामा एक तिहाइ पनि पुँजीगत खर्च गर्न नसकेको बताए । उनले यस्तो सरकारलाई सक्षम भन्ने कि असक्षमभन्दै प्रश्न गरे । उनले भने, ‘दुई तिहाइको समर्थनको सरकारले १० महिनाभित्र पुँजीगत खर्च एक तिहाइ पनि गर्न सकेन । ३१ प्रतिशतमात्रै गर्यो । यसलाई हामीले कति सक्षम भन्ने रु कति असक्षम भन्ने रु एकदमै गम्भीर भएर सरकारले हेर्नुपर्ने आवश्यकता छ,’– उनले भने ।
त्यस्तै, जम्मू कश्मिरको पहलगाममा वर्बरतापूर्ण, निर्मम र क्रुर आतङ्ककारी हमला हुँदा एक नेपालीसमेत ज्यान गएको भन्दै उनले उक्त घटनाको भर्त्सना गरे । उनले कुनै पनि आतङ्ककारी गतिविधिमा दह्रो र खरो रुपमा प्रस्तुत हुन सरकारलाई सुझावसमेत दिए ।