काठमाडौँ । सरकारसँगको सहमतिसँगै २९ दिनदेखि काठमाडौँमा जारी शिक्षकहरूको आन्दोलन आजबाट रोकिएको छ । सहमतिको पक्ष र विपक्षमा प्रतिक्रिया आइरहेको अवस्थामा नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विद्यालय शिक्षा विधेयक पारित हुने सुनिश्चित हुनु उपलब्धिमूलक भएको बताए ।
विधेयकले कानुन बन्दा लिने नियमित प्रक्रियागत समयका कारण तुरुन्तै ऐन जारी हुने परिस्थिति रहेन । यो आन्दोलन यस्तै रुपमा महिनौँ लम्ब्याउने अवस्था पनि जटिल थियो त्यसैले संसदीय दलका मुख्य सचेतक र समितिको सभापतिलाई सार्वजनिक लिखित प्रतिबद्धता गराएर २०८२ असार १५ गते प्रतिनिधि सभाबाट पारित हुने गरी हामीले त्यो कामलाई सुनिश्चित गरेका छौँ, उनले भनेका छन् ।
वर्षौँ देखि नमिलेको समान ग्रेड र तलबको मुद्दा यस पटक हल भएको र अस्थायी प्रकृतिका साथीहरूको बिरामी बिदा सञ्चित हुने तथा सिभिल अस्पतालमा कर्मचारीलाई जस्तै उपचार सुविधा पाउने निश्चित भएकोले यसलाई उपलब्धिको रूपमा लिनुपर्ने सुवेदीले बताए ।
हार्दिक आभारः
यस पटकको शिक्षक–कर्मचारी आन्दोलन २०८१ माघ २० गतेबाट शुरु भयो । समग्रमा आन्दोलन ८९ दिन चल्यो तथापि अन्तिम चरणको २९ दिनको काठमाडौं केन्द्रित सडक आन्दोलन सर्वाधिक चर्चामा रह्यो । यसको मुख्य कारण साथीहरुको उत्साहजनक सहभागिता र नेतत्वप्रतिको समर्थन हो । यसका लागि सबै आन्दोलनकारी साथीहरुप्रति अभारी छौं ।
१ . लगातार २९ दिनसम्म चलेको काठमाडौं केन्द्रित सडक आन्दोलनमा पानी, घाम केही नभनी उत्साहका साथ सहभागी हुने सबै शिक्षक–कर्मचारी साथीहरुप्रति आभारी छौं । आन्दोलनको उपलब्धिका पहिलो श्रेय वहाँहरुमा जान्छ । त्यसैगरी महासङ्घका पदाधिकारी , आन्दोलन परिचालन समितिका संयोजक र सदस्य, आबध्द–सम्बध्द संस्थाको नेतृत्व, राहत, बालकक्षा, सिकाइ अनुदान, साविक उमावि, पेन्सन सरोकार समूह,प्राविधिक धार, विशेष शिक्षा तथा विद्यालय कर्मचारी साथीहरु सबैमा यसको श्रेय जान्छ । यी सबै साथीहरु प्रति आभारी छौं ।
२. विधेयकले कानुन बन्दा लिने नियमित प्रक्रियागत समयका कारण तुरन्तै ऐन जारी हुने परिस्थिति रहेन । यो आन्दोलन यस्तैरुपमा महिनौं लम्ब्याउने अवस्था पनि जटिल थियो त्यसैले संसदीय दलका मुख्य सचेतक र समितिको सभापतिलाई सार्वजनिक लिखित प्रतिबध्दता गराएर २०८२ असार १५ गते प्रतिनिधि सभाबाट पारीत हुने गरी हामीले त्यो कामलाई सुनिश्चित गरेका छौं ।
३. वर्षौ देखि नमिलेको समान ग्रेड र तलवको मुद्दा यसपटक हल भएको छ । अस्थायी प्रकृतिका साथीहरुको विरामी विदा सञ्चित हुने भएको छ । सिभिल अस्पतालमा कर्मचारीलाई जस्तै उपचार सुविधा पाउने निश्चित भएको छ । सबै शिक्षकका लागि दुर्गमभत्ता उपलब्ध हुने निश्चित भएको छ । मर्यादाक्रमको सवाल सम्बोधन भएको छ ।
३ . साथीहरुले आवधिक बढुवा, अस्थायी अवधि गणना, पछिल्लो चरणमा स्थायी भएका साथीहरुको निवृत्तीरभण जस्ता विषयमा पनि मन्त्रीपरिषद बाट हुने निर्णयमा आउनुपर्छ भन्ने कुरा राख्नुभएको थियो तर यी विषय ऐनले सम्बोधन गर्ने विषय भएकाले ऐन मार्फत नै सम्बोधन गराइनेछ ।
४ . २०७५ पछि स्थायी भएका साथीहरुको निवृत्तीभरणको सवालमा आन्दोलन कै क्रममा केही सफलता हात लागेका छ । यसलाई पूर्णता दिन निवृत्तीभरण कोष ऐन २०७५ को संशोधन गराउनु पर्छ । शिक्षा ऐन जारी सँगै यो ऐनको संशोधनका लागि समेत प्रयत्न जारी रहनेछ ।
५. अस्थायी प्रकृतिका शिक्षक९राहत, अस्थायीकरार, साविक उमावि, सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार लगायत० को स्थायित्वको विषय सहमती वमोजिम् ऐनबाट सम्बोधन हुनेछ , इसिडकीका शिक्षक, र विद्यालय कर्मचारीको समस्याको उचित निकास ऐन मार्फत खोजिनेछ ।
६. यसपटकको आन्दोलनमा कसैलाई कुनै चोटपटक नलागोस् भन्ने हाम्रो चाहना थियो तर छब्बिसौं दिनमा प्रहरीको दमनका कारण ६२ जना साथीहरु घाइते हुनुभयो ।ती सबै साथीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । आन्दोलनमा वहाँहरुको योगदानप्रति उच्च सम्मान छ । आन्दोलनमा सहभागी भई घर फर्कने क्रममा मनाङका शिक्षक साथी मन घलेको निधन भएको छ । वहाँप्रति भावपूर्ण श्रध्दाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवार जनमा समवेदना प्रकट गर्दछौं ।
६. आन्दोलनका क्रममा पानी वितरण गर्ने टिम नेपाल लगायत सस्थाहरु प्रति पनि आभारी छौं । त्यसैगरी आन्दोलनको समर्थन र ऐकबध्दता प्रकट गर्ने सबैप्रति आभारी छौ ।
७. अब जारी हुने ऐन भित्र हाम्रा सहमतीका बुँदाहरु समावेश गर्ने सवालमा हामी पक्षीकरणमा लागि रहने छौं ।
फेरि एकपटक सबै साथीहरुप्रति आभार व्यक्त गर्दछौ ।