काठमाडौं । विद्यालय शिक्षा एने आगामी असार १५ गतेसम्म जारी गर्ने सहमति भएको छ । बुधबार भएको सरकार र नेपाल शिक्षक महासंघबीच भएको छलफलमा शिक्षा ऐन जारी गर्ने सहमति भएको छ ।
‘असार १५ गतेभित्र शिक्षा ऐन जारी गर्ने सहमति भएको छ,’ स्रोतले भन्यो, ‘सोही सहमित बोकेर अहिले मन्त्रीहरू मन्त्रिपरिषद् बैठकमा जानुभएको छ ।’आजै मन्त्रिपरिषद् बैठक सकेर शिक्षकका मागबारे सम्बोधन गर्नेगरी निर्णय लिनेछ । मन्त्रिपरिषद् बैठकपछि निर्णयहरू सार्वजनिक गर्ने बताइएको छ ।
यो सँगै गत चैत २० गतेदेखि सडक रहेका शिक्षकहरूको आन्दोलन पनि स्थगित हुनेछ । शिक्षकहरूको आन्दोलन भोलि ( बिहीबार) बाट स्थगित हुने भएको छ । सरकार र शिक्षक महासंघबीच सहमति भएपछि आन्दोलन स्थगित गर्ने भएको हो । मन्त्रिपरिषद्को निर्णयपछि सहमतिका बुँदा सार्वजनिक गर्ने र आन्दोल स्थगित गर्ने बैठकमा सहभागी एक सदस्यले बताए । यो सँगै अब शिक्षकहरू विद्यालय फर्कन सहमत भएका हुन् ।