काठमाडौँ,
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक धारा ९५ बमोजिम this २०८२ साल वैशाख १९ गते शुक्रबार दिउँसो ३ बजे संघीय संसद्को दुवै सदन—प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको छ।
मंगलबार प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सदनमा पढ्दै जानकारी गराउनु भयो। सो सूचना अनुसार सबै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुले सो दिन पौने ३ बजेभन्दा पहिले नै आफ्नो-आफ्नो आसनग्रहण गरिसक्नु हुन सभामुख घिमिरेले अनुरोध गर्नुभएको छ।
राष्ट्रपतिको संसदीय सम्बोधनमा समसामयिक राजनीतिक, सामाजिक र आर्थिक विषयका साथै आगामी कार्यदिशामा औचित्यपूर्ण मार्गनिर्देशन हुने अपेक्षा गरिएको छ। संसद् सचिवालयले पनि संबोधनको विशेष व्यवस्थाको तयारी सुरू गरिसकेको छ।