सुर्खेत । बैसाख १० गते सुर्खेत जिल्ला सिम्ता गाउंपालिका( ४ भेरी नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ब्यक्तिको शब सशस्त्र प्रहरी बलको गोताखोरले ५० फिट गहिराइ बाट निकालेको छ ।
५८ बर्षका गोबिन्द पोख्रेल डुबेर बेपत्ता भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरि बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोर सहितको सुरक्षाफौजले बैसाख ११ गते बिहिबार दिउँसो ५० फिट गहिराईबाट शव बाहिर निकालेको हो ।
उनी बेपत्ता भएसंगै सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन बेश चिप्ले सुर्खेत बाट समेत खोजिकार्यको लागि टोलि परिचालन गरिएको थियो । सोहि गाउंपालिका बस्ने पोख्रेल मलामी गएको र पौडी खेल्ने क्रमामा बेपत्ता भएका थिए ।