काठमाण्डौं । नेकपा ९माओवादी केन्द्र०ले नयाँ सरकार गठनका लागि नेपाली कांग्रेससँग कुराकानी गर्ने भएको छ। नेकपा ( एमाले) नेतृत्वको वर्तमान सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकाल्दै माओवादीले कांग्रेससँग सरकार गठनका लागि थप छलफल चलाउने भएको हो। बिहीबार बसेको संसदीय दलको बैठकले ओली नेतृत्वको वर्तमान सरकार अब धेरै दिनसम्म टिक्न नसक्ने निष्कर्ष निकालेको छ।
बैठकमा आफ्नो धारणा राख्नै अध्यक्ष पुष्पकमल दाहालले उपचारका लागि थाइल्यान्ड गएका सभापति शेरबहादुर देउवा स्वदेश फर्के लगत्तै छलफल सुरु गर्ने बताएका हुन्। एमालेसँग आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएकाले कांग्रेस सभापति देउवालाई नै प्रधानमन्त्रीमा अघि सार्ने संकेत गर्दै अध्यक्ष दाहालले उक्त सरकारमा माओवादी सहभागी हुने नहुनेबारे भने केही बताएनन्।
माओवादीले हालै सञ्चालन गरेको हुलाकी राजमार्ग केन्द्रित अभियानका क्रममा जनताले सरकारमा सहभागी नहुन सुझाएकाले पार्टीमा छलफल गरेर सरकारमा सहभागी हुने नहुनेबारे धारणा तय गर्ने दाहालको भनाइ थियो।