काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति एवम् पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको कार्यशैलीलाई लिएर प्रश्न उठाएका छन् । उनले सरकारका कामकारबाही सच्याएर अघि बढ्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । पछिल्लो समय सरकार सञ्चालनको विषयलाई लिएर कांग्रेसका प्रभावशाली नेताहरुले सार्वजनकि रुपमै आलोचना बढाएका छन् । हालै काठडमाडौंमा आयोजित एक कार्यक्रममा खड्काले सरकारको कार्यशैली सच्याउनुपर्ने आवश्यकत्ता औंल्याएका हुन् । खड्काले पार्टी सभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि अर्को तरिकाले अघि बढ्ने अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्तिलाई लिएर एमाले नेतृत्व पँक्ति भने सशंकित बनेको छ । हाल देउवा उपचारको क्रममा थायल्याण्डमा छन् । देउवा फर्किएलगत्तै पार्टीको केन्द्रीय समितिको बैठकपनि राखिएको छ । गभर्नर नियुक्तीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सभापति देउवाबीच गम्भीर मतभेद रहेको चर्चा छ ।
देउवाले गभर्नरको लागि अघि सारेका डा। गुणाकर भट्टलाई अघि सारेका थिए । तर, प्रधानमन्त्री ओली उनको नाममा सहमत नभएको बताईन्छ । अहिले गभर्नर नियुक्ती प्रक्रिया थालनी नहुँदै अदालतमा मुद्दा परेको छ । प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवा मुलुकबाहिर रहेको बेलामा उर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई बर्खास्त गरिदिएका छन् । बर्खास्तगीमा परेका तामाङले भने सार्वजनिक रुपमै अब यो सरकार ढाल्न लागिपर्ने घोषणा गरेका छन् ।