काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को संसदीय दलको बैठक आज बस्दैछ । बैठक दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बस्नेछ । बैठकमा शुक्रवारबाट सुरु हुने संसद अधिवेशनको तयारी तथा पार्टीको भावी रणनीतिलगायत विषयका छलफल हुने बताइएको छ ।
यस्तै, यही वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले दिएको निर्देशनका विषयमा पछि छलफल हुने रास्वपाले जनाएको छ । रास्वपा सभापती पक्राउ परीसकेपछि संसदीय दलको बैठक पहिलो पटक बस्न लागेको हो ।
सभापती लामिछानेको निलम्बित संसद पद फुकुवाका लागि सभामुखसँग भेटघाट गगरेको भोलीपल्टै सभाापती रबी लामिछाने पक्राउ परेका थिए । हाल उनि रुपन्देही कारागारमा रहेका छन् ।