काठमाडौं। ब्राजिली लिजेन्ड रोबर्टो कार्लोस नेपाल आइपुगेका छन्। फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग ( एनएसएल ) हेर्न उनी मंगलबार बिहान काठमाडौं आइपुगेका हुन्।
एनएसएलको आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एन्ड इभेन्ट कम्पनीले उनलाई नेपाल भित्र्याएको हो। उनी धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्न मैदानमा पुग्नेछन् । ५१ वर्षीय कार्लोसले ब्राजिलले सन् २००२ को फिफा विश्वकपको उपाधि जित्दा टिमका महत्त्वपूर्ण सदस्य थिए ।
उनले ब्राजिलबाट सन् १९९२ देखि २००६ सम्म खेलेका थिए । उनी यसअघि नै नेपाल आउने कार्यतालिका थियो। तर, आकस्मिक बिरामीका कारण कार्लोस पूर्वनिर्धारित समयभन्दा केही ढिला गरेर नेपाल आइपुगेका हुन्।