काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्र एकदमै अप्ठ्यारो अवस्थाबाट सुधारतर्फ अगाडि बढिरहेको बताएका छन् । आज ( सोमबार ) एमालेनिकट प्रगतिशील प्राध्यापक संगठनको सम्मेलनलाई सम्बोधन गर्दै उनले अघिल्लो सरकार पुष्पकमल दाहाल ( ‘प्रचण्ड’ ) को पालमा देशको अर्थतन्त्र एकदमै खोक्रो र रित्तो भएकोमा अहिले सुधारको बाटोमा रहेको बताएका हुन् ।
तत्कालीन सरकारले बजेट भाषणको अघिल्लो रात एकैचोटी ११ हजार आयोजनाहरु थप गरी बजेट भद्रगोल बनाएको बताए । अहिले ती आयोजनाहरुलाई दिन राज्यसँग पैसा नै नरहेको उनको भनाइ छ । ‘देशको अर्थतन्त्र साँच्चै खोक्रो, रित्तो बनाएको रहेछ ।
यसभन्दा अगाडि वास्तवमा त्यति नबुझिकन कदम चाल्ने वा बुझेर नै देशलाई बवार्द पार्न खोज्ने के हो त्यो म भन्न सक्दिनँ ।
यति साह्रै नबुझ्ने त कसरी होला र रु देशमा ७ हजार आयोजना थिए । बजेट घोषणा अगाडि एक रातमा ११ हजार थपिएको छ । १८ आयोजना पुर्याएर, बजेट भद्रगोलसँग बाँडेर, अब त्यसको पैसा कहाँबाट तिर्ने रु पैसा छैन फेरि,’– उनले भने ।
राजस्वको अनुमान अघिल्लो वर्ष २४ प्रतिशतले घटेकोमा तत्कालीन सरकारले भने ३० प्रतिशत बढाउँछु भनेर धाक लगाएको प्रधानमन्त्री ओलीले बताए । उनले यो वर्षभरीमा देशको अर्थतन्त्रलाई ट्याकमा फर्काइसक्ने र अर्को वर्षबाट नयाँ शीराबाट देशलाई अगाडि बढाउने उनले बताए ।