काठमाण्डौं । आइतबार सांझ ५स्३० बजे धादिङ्ग जिल्ला बेनिघाट रोराङ्ग गाउंपालिका(७ स्थित त्रिशुली नदिमा मोटरसाइकल सहित खसेका १ ब्यक्तिको उद्दार कार्य भइरहेको छ । २ जना सबार मोटरसाइकल नदिमा खसेको खबर प्राप्त भए पश्चात् खोजि कार्यको लागि लागि सशस्त्र प्रहरी बल बिपद् ब्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरिक्षक अस्मित कुमार चौहान कमाण्डमा गोताखोर सहितको सुरक्षा फौज परिचालन भएको थियो ।
गोताखोर सहितको सुरक्षाफौजले सडकबाट करिब १ सय ५० मिटर तल भिर बाट रोप रेस्क्यु र स्टेचरको प्रयोग गरेर मोटरसाइकल र घाइतेलाइ माथी ल्याउने कार्य गरिरहेका छन् । खोजतलासको क्रममा बा. प्र. ०२.०२४ प ४०५४ नम्बरको मोटरसाइकल र एक ब्यक्तिको उद्दार भइरहेको हो ।
ती ब्यक्तिको साथबाट मीन बहादुर तामाङ लेखिएको यातायातसंग सम्बन्धित नगदी रसिद फेला परेको छ । अर्का ब्यक्ती पनि बेपत्ता भएको आशंकामा सशस्त्र प्रहरी बलको गोताखोरले खोजी गरिरहेको सशस्त्र प्रहरी बलका सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । घाइतेलाई गजुरी अस्पताल लगिएको छ ।