काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरुको आन्दोलन जारी रहने बताएका छन् । सिंहदरबारमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका अध्यक्ष लिङदेन सहितका नेताहरु करिब ४ घण्टापछि रिहा भएर सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले राप्रपाको आन्दोलन जारी रहने बताएका हुन् ।
‘हाम्रो आजको आन्दोलन सफल भयो । आज सहयोग गर्नेलाई धन्यवाद’, उनले भने, ‘तर जे को लागि भएको हो त्यो भने पूरा भएको छैन । त्यसका लागि हामी नयाँ कार्यक्रमहरु सार्वजनिक गर्दै जानेछौं ।’ त्यस्तै, पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले यो सुरुवात मात्र भएको टिप्पणी गरे ।
काठमाण्डौको सिंहदरवारमा रहेको संसदीय दलको कार्यालयवाट निस्कने क्रममा पक्राउ परेका उनिहरुलाई भद्रकालीमा राखिएको थियो । आज आन्दोलनका क्रममा लिङदेन सहित ७ जना पक्राउ परेका थिए ।