काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले तिनकुनेमा भएको हिंसात्मक घटना घटेको दुई साता पछि मुख खोलेका छन् । नयाँ बर्षको पूर्व सन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका छन् । शाहले नयाँ वर्ष २०८२ को अवसरमा आइतबार भिडियो सन्देश जारी गर्दै तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।
उनले नागरिक स्वतन्त्रता भन्दा ठुलो अरु कुनै तन्त्र नहुने समेत बताएका छन् । वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने समेत शाहले बताएका छन् । गत चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शनका क्रममा २ जनाको ज्यान जानुका साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए ।
करोडौको धनजनको क्षती भएको सो घटना घट्नु अघि पूर्व राजा ज्ञानेन्द्र शाहले नै आन्दोलनका जनकमाण्डर बनाएर मेडीकल ब्यवसायी दुर्गा प्रसाईलाई आन्दोलनको नेतृत्व गराएका थिए । घटना घटेपछि फरार रहेका प्रसाई दुईदिन अघि मात्र भारतवाट पक्राउ परेका थिए । तर पूर्व राजा ज्ञानेन्द्र शाहले अहिले आएर घटनाप्रति दुःख ब्यक्र गरिरहँदा यिनै शाहको निर्मल निवासले काठमाण्डौ महानगरपालिकाले तिनकुने घटना घटेका दिन भएको फोहोर तथा तोडफोडको बिषयलाई लिएर जरीवाना सहित पत्र काट्दा पत्रै बुझन मानेको थिएन र अहिलेसम्म जरीवाना पनि तिरेको छैन । यति उदारता देखाउने शाहले किन तिनकुने घटनाको जिम्मा लिन नचाहेको त यो प्रश्न भने अनुत्तरित नै छ ।