काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा वैठकमा केही सांसदहरुको प्रश्नको जवाफ दिएलगत्तै बाहिरिएका छन् । उनले प्रत्येक दलका एकजना सांसदको जिज्ञासा समाधान गरेका थिए । प्रधानमन्त्री बाहिरिएपछि बैठकमा फेरि वादविवाद भएको छ ।
एमाले र श्रम संस्कृति पार्टीका सांसदहरुले उठेर बोल्न समय मागेपछि सभामुख झोक्किएका छन् । उनले एमालेका ऐन महर र श्रम संस्कृतिका ध्रुव राईले संसदीय मर्यादा विपरितको क्रियाकलाप गरेको आरोप लगाए । उनले श्रम संस्कृतिका सांसद आरेन राईलाई भाषा सुधार्न र मर्यादित बनाउन ध्यानकर्षण गराएका थिए ।
सो क्रममा सभामुख डोलप्रसाद अर्यालले नियमावलीको गलत व्याख्या गरेको भन्दै विपक्षीहरूले अवरोध गरेका थिए । विपक्षीहरूको अवरोधपछि सभामुख अर्यालले मर्यादित हुन आग्रह गरे । सोही क्रममा सत्तारुढ रास्वपा सांसद आशिका तामाङ आक्रोशित हुँदै बेञ्चबाट उठेकी थिइन् । उनलाई रास्वपाकै सांसदहरूले सम्झाइबुझाइ गरेका छन् ।
