काठमाडौं । सार्वजनिक बिदाको दिन आज र भोलि पनि सर्वोच्च अदालत आंशिक रुपमा खुला हुने भएको छ। सर्वोच्चले सुचना जारी गर्दै लगातार चार दिन सार्वजनिक बिदा परेकोले आज र भोलिका लागि बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गर्न अदालत आंशिक रुपमा खुला हुने जनाएको हो।
विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्दीप्रत्यक्षीकरणको निवेदनको दर्ता र सुनुवाइका लागि अदालत खुला रहने सुचनामा उल्लेख छ।
आज बकर इदको अवसरमा सरकारले विदा दिएको छ। भोलि गणतन्त्र दिवसको विदा, १६ गते शनिबार र १७ गते आइतबार सरकारी विदा गरी आजदेखि सरकारी कार्यालय लगातार ४ दिन विदा परेको छ।
