काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछाने नियमित तारिखका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलन विरुद्धको मुद्दामा तारिख बुझ्न उनी अदालत पुगेका हुन्।
यसअघि काठमाडौं जिल्ला अदालतले गत २०८१ माघ २ गते लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
उनको अर्को तारिख असार ११ गते तोकिएको छ।
