काठमाण्डौं । प्रतिनिधि सभाको बैठक आज ( सोमबार ) बस्दैछ। बैठक सोमबार बिहान ११ बजेदेखि सुरु हुने संघीय संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने कार्यसूची रहेको छ।
आर्थिक वर्ष २०८३र०८४ को लागि कर प्रस्ताव बाहेक विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको छ।
बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको हो। सो प्रस्ताव समिति सभापति गणेश पराजुलीले प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।
