काठमाण्डौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। यसको प्रभाव रहँदा हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ, तराई भू–भागमा आंशिक बादल लाग्नेछ। महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार आज दिनभर नै काठमाडौँ उपत्यकाको मौसम बदली भइरहने सम्भावना छ।
‘अहिले पनि काठमाडौँ उपत्यकाको आकाशमा बादल लागेको छ भने सुन्दरीजलसहित एक/ दई स्थानमा हल्का पानी परिरहेको देखिएको छ’, बिहीबार बिहान सवा ७ बजेतिर उनले भनिन्, ‘आज दिउँसो उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना छ।’ मौसमविद् महजर्नका अनुसार निरन्तर वर्षा भइरहने होइन, बेलाबेला मौसम खुलेजस्तो हुने, फेरि बादल लाग्ने र पानी पर्ने, रोकिने, फेरि पर्ने क्रम जारी रहने देखिन्छ।
यता लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपात साथै बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा तथा मधेस र बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
