काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य थप गरिएको छ । पार्टीका उपसभापति एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिष्ठानको सदस्यमा ३९ जनालाई नियुक्त गरेका हुन् ।
उपसभापति शर्माले नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा ३६ ९१० ९ग० बमोजिम विभिन्न क्षेत्र र भूगोलको प्रतिनिधित्व हुने गरी ३९ सदस्य नियुक्त गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
प्रतिष्ठानको सदस्यमा नियुक्त हुनेमा मधु आचार्य ९काभ्रेपलाञ्चोक०, डा गोपाल दहित थारु ९बर्दिया०, अञ्जु झा ९रौतहट०, उमेश श्रेष्ठ ९ललितपुर०, प्राडा गोविन्दराज पोखरेल ९प्युठान०, मीन भाम ९मुगु०, डा अञ्जनीकुमार झा ९महोत्तरी०, डा यादव पण्डित ९प्रवास०, बद्री सिग्देल ९बर्दिया०, गोपालप्रसाद पोखरेल ९सुनसरी०, श्रवण मुकारुङ ९भोजपुर०लगायत ३९ जना रहेका छन्।
