काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले संवैधानिक परिषद् ९पहिलो संशोधन० अध्यादेश २०८३ पुनः जस्ताको तस्तै राष्ट्रपतिलाई सिफारिस गरेको बताएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारर्कीहरूसँग कुरा गर्दै पोखरेलले यस्तो जानकारी गराएका हुन् ।
राष्ट्रपति पौडेलले सरकारले पठाएको मध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचार गर्न फिर्ता पठाएका थिए । तर, आज बसेको बैठकले जारी गर्न राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय लियो । उनले भने, ‘पहिला जुन थियो, त्यही पठाइएको हो । जस्ताको तस्तै पठाइएको छ, केही परिमार्जन गरिएको छैन ।
