काठमाडौं । काठमाडौंको विष्णुमती खोलाको ढल्कु पुलमुनि ४ वटा पेस्तोल र ६५ थान गोली भेटिएको छ । सोही स्थानमा ७ थान म्यागजिन पनि फेला परेको छ ।
काठमाडौं महानगरपालिका(१३ स्थित विष्णुमती खोलाको ढल्कु पुलमुनि महानगरको सरसफाइ टोलीले शङ्कास्पद झोला फेला पारेको थियो । त्यसपछि प्रहरी वृत्त स्वयम्भूलाई खबर गरिएको थियो । प्रहरी टोली आएर हेर्दा उक्त पेस्तोल, म्यागजिन र गोली फेला परेको हो ।
प्रहरी वृत्त स्वयम्भूका प्रमुख, डीएसपी मोहनमणि अधिकारीका अनुसार फेला परेका पेस्तोल, म्यागजिन र गोली जेनजी आन्दोलनमा प्रहरीबाटै लुटिएको हुनसक्ने आशंका छ ।
