काठमाण्डौं । नेपाल र यूएईबीच हुने रात्रिकालीन टी–२० शृंखलाका लागि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान तयार भएको छ।
टी–२० शृंखला सोमबारदेखि सुरु हुँदै छ। नेपाल र यूएईबीच पहिलो खेल वैशाख ७ गते साँझ ७ बजे हुनेछ। नेपाल र यूएईबीचको खेल हेर्न खल्तीबाट टिकट काट्न सकिनेछ।
यस शृंखलाका लागि सबै तयारी पूरा भएको नेपाल क्रिकेट संघ ( क्यान ) ले जनाएको छ। संघले शनिबार साँझ त्रिवि क्रिकेट मैदानमा फ्लडलाइटको पनि परीक्षण गरेको छ।
