काठमाडौँ । सङ्घीय संसद्का दुई संयुक्त संसदीय छानबिन समितिमा राष्ट्रिय सभाका तर्फबाट सदस्यहरू मनोनीत भएका छन् ।
सङ्घीय संसद् सचिवालय कार्यव्यवस्था महाशाखा, राष्ट्रिय सभाले सोमबार विज्ञप्ति जारी गर्दै दुई संयुक्त समिति संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा ३–३ सांसदलाई सदस्य मनोनयन गरेको जानकारी दिएको छ ।
उपसचिव अनन्तप्रसाद कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा संसदीय सुनुवाइ समितिमा आनन्दप्रसाद ढुङ्गाना, नरबहादुर विष्ट र प्रेमप्रसाद दंगाल तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा किरणबाबु श्रेष्ठ, मदनकुमारी शाह ९गरिमा० र डा।अञ्जान शाक्यलाई मनोनीत गरिएको उल्लेख छ ।
