काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा ) ले विद्यार्थी संगठनहरूलाई खारेज गर्न नहुने निष्कर्ष निकालेको छ। एकहप्ता लामो बसेको पार्टीको केन्द्रीय कार्यसंयोजन समिति बैठकले यस्तो निष्कर्ष निकालको नेता जगन्नाथ खतिवडाले जानकारी दिए। सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने तयारी गरेको छ।
त्यसप्रति राजनीतिक दलनिकट विद्यार्थी संगठनहरूले आपत्ति जनाउँदै आएका बेला नेकपाले पनि यो विषय बेठिक भएको निष्कर्ष निकालेको हो। ‘जनसंगठनहरू खासगरी युवा विद्यार्थी लगायतका विद्यार्थी संगठनहरूलाई कलेजमा प्रतिबन्ध गर्ने कुरा र ट्रेड युनियनलाई प्रतिबन्ध गर्ने कुरा बेठिक हो,’ बैठकको निष्कर्षबारे सुनाउँदै नेता खतिवडाले भने, ‘यसले जनता र ट्रेड युनियनको अधिकारलाई कुण्ठित गरेको छ । यो गलत हो ।
यस्तो गर्न पाइँदैन भन्ने पार्टीले निष्कर्ष रह्यो। नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको अर्को बैठक ३ वैशाखमा बस्नेछ । उक्त बैठकका बाँकी निष्कर्ष र निर्णयहरू पनि त्यतिबेलै सार्वजनिक हुने नेता खतिवडाले जानकारी दिए।
