काठमाण्डौं । सरकारले मन्त्रिमण्डल विस्तार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहकै नेतृत्वमा रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव नियुक्त भएका छन् । त्यस्तै बिहीबारमात्र बर्खास्त भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा दीपक साहका ठाउँमा रामजी यादव नियुक्त भएका छन् ।
उद्योग मन्त्री गौरीकुमारी र श्रममन्त्री रामजी दुवै राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सांसद हुन् । उनीहरूको आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । गौरी कुमारी महोत्तरी–४ बाट निर्वाचित सांसद हुन् । रामजीले सप्तरी–२ बाट निर्वाचन जितेका थिए ।
उद्योग मन्त्रालय सुरुदेखि नै प्रधानमन्त्री बालेनले आफैँसँग राखेका थिए । दीपककुमार साहलाई बिहीबार ( चैत २६ ) पदबाट बर्खास्त गरेपछि श्रम मन्त्रालय मन्त्रीविहीन थियो ।
