काठमाडौं । पूर्वऊर्जामन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामुक्त गर्न मागसहित दायर बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदैछ ।उक्त रिटको पेसी सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासमा परेको छ ।
दीपककी पत्नी विनिता थापाले आफ्नो पतिलाई गैरकानुनी रूपमा थुनामा राखेको जिकिरसहित बन्दी प्रत्यक्षीकरणको रिट हालेकी छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ( सीआईबी ) ले गत १५ गते सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।
भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा बूढानीलकण्ठस्थित उनको घरमा रकम भेटिएको विषयमा अनुसन्धान अघि बढाइएको हो ।
