काठमाडौं । उपसभामुख पदका लागि मनोनयन दर्ता हुँदै छ । संघीय संसद् सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय छ । प्राप्त उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो साढे २ बजे हुनेछ । भोलि शुक्रबार निर्वाचन हुनेछ ।
सभामुखमा यसअघि नै रास्वपामा डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन् । अब उपसभामुख हुन्छन् भन्ने विषय पनि कुन दलबाट रास्वपामै निर्भर रहन्छ । संविधानतस् सभामुख र उपसभामुख फरक–फरक दल र फरक–फरक लिंगको हुनुपर्छ । संविधानको धारा ९१ मा सभामुख र उपसभामुखको निर्वाचनसम्बन्धी व्यवस्था छ । ‘निर्वाचन गर्दा प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ र प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ’ संविधानको धारा ९१ को उपधारा २ मा भनिएको छ ।
सभामुखमा रास्वपाका डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन् । उनी पुरुष हुन् । अब महिला र फरक दलबाट उपसभामुख हुनुपर्छ । प्रतिनिधिसभामा रास्वपासहित ६ दल छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको मात्रै १८२ सांसद छन् । नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का ५ सांसद छन् ।
