काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन सोमबारलाई तोकेका छन् । आजको बैठकमा उनले उपसभापतिको निर्वाचन तोकेको जानकारी गराए । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ बमोजिम उपसभामुख पदका निर्वाचनका लागि मिति तोकेका हुन् ।
उनले उपसभामुख निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन दिएका छन् । उपसभामुख चयनका लागि बिहीबार मनोनयन दर्ता हुने संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको अर्को बैठक चैत्र २७ गते शुक्रबार अपरान्ह ४ बजे बोलाइएको छ । सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र पढेर सुनाए ।
प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कृषि तथा पशुपंक्षी र वन तथा वातावरणमन्त्री गीता चौधरीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गरेका छन् । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरे । “वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गरे। प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार दिउँसो बजे बस्ने गरी आजको बैठक स्थगित भएको छ ।
