काठमाण्डौं । भोलि ९बुधबार० र पर्सि ९बिहीबार० देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावले भोलि र पर्सि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन्।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशखाका अनुसार आज ९मंगलबार० राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र तराई भू(भागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू(भागको थोरै स्थानहरू तथा बागमती र कोशी प्रदेशको हिमाली भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ।
यस्तै बुधबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पुर्णतया बादल लाग्ने तथा बाँकी भू९भागमा साधारणतया बादल लाग्ने मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै तथा कोशी र बागमती प्रदेशको पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा, मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई भू(भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू(भागको एक(दुई स्थानमा भारी वर्षारहिमपातको सम्भावना रहेको छ। मधेश, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र तराई भू(भागमा केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ। पर्सि बिहीबार दिउँसो पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
