काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल हाजिरी जमानीमा रिहा भएका छन् । तर उनका छोरा सुलभ पक्राउ परेलगत्तै बाबु रिहा भएका हुन् । विभागले अग्रवाललाई बोलाएका बखत उपस्थित हुने गरी आइतबार छाडेको हो ।
विभागका महानिर्देशक गजेन्द्र ठाकुरले अग्रवाललाई हाजिरी जमानीमा रिहा गरिएको हो । सुलभको भने १० दिन म्याद थप गरिएको छ ।शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठका अनुसार अनुसन्धानको लागी अग्रवाललाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो।
उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आज ९आइतबार० पक्राउ गरिएको थियो । उनलाई बयानका लागि नियन्त्रणमा लिइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताए । अग्रवाल शंकर ग्रुपका सञ्चालक हुन् ।
