काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षमा एमाले सांसद लिला भण्डारीलाई अगाडि बढाउने निर्णय भएको छ । दलहरूबीचको सहमतिमा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको हो । अध्यक्ष नेकपाका नारायण दाहाल छन् । तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालको कार्यकाल सकिएपछि सो पद रिक्त थियो ।
एमाले संसदीय दलका नेता प्रेम दंगालले कांग्रेसलाई २ वटा समितिको सभापति दिने र एमालेले उपाध्यक्ष लिने सहमति भएको बताए । त्यस्तै नेकपालाई एउटा र जसपालाई पनि एक सभापति दिइएको दंगालले बताए ।
सहमती अनुसार कांग्रेसलाई विकास आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समिति, नेकपालाई संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापति र जसपालाई सार्वजनिक नीति तथा प्रत्यायोजन समितिको सभापती बनाउने गरी सहमती भएको हो ।
