काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले आजै शपथ लिने भएका छन् । आज चैत २२ दिउँसो २स्३० बजे सभामुखको शपथ ग्रहणको कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले अर्याललाई शपथ खुवाउने छन् ।
