काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नवनिर्वाचित सभामुख डिपी अर्याललाई विगतका सभामुख र संसदका असल अभ्यास स्मरण गराउँदै निष्पक्ष भूमिकामा खरो उत्रिन सुझाव दिएका छन् । रवि लामिछानेले सभामुखमा निर्वाचित गरियोस भन्ने प्रस्ताव राखेपछि समर्थन गर्न रोष्टममा उभिएका वाग्लेले २०१५ सालको संसदका सभामुख कृष्णप्रसाद भट्टराईले सदन विपक्षीको सरकार सत्तापक्षको भन्ने मानक स्थापित गरेको स्मरण गरे ।
त्यस्तै, उनले २०४८ सालको संसदका सभामुख दमननाथ ढुंगानाको निष्पक्ष भूमिकाको स्मरण गर्दै त्यसबेलाको रोचक सवालजवाफ पनि सुनाए। तत्कालीन एमालेका सांसद विरोध खतिवडा उठेर विरोध गरिरहने र सभामुखले आफ्नो नाम नै दमन भएकाले दमन गरिरहने भनेर जवाफ दिने गरेको वाग्लेले बताए ।
वाग्लेले सुवास नेम्वाङले सभामुख र संविधान सभाको अध्यक्षको हैसियतमा संक्रमणकालको सहज अवतरण गराउन व्यवस्थापकीय तथा समन्वयकारी भूमिका निर्वाह गरेको बताए । कुशल व्यवस्थापकीय भूमिका निर्वाह गर्न सक्ने क्षमता भएका अर्यालले आगामी संसद् अर्यालको नेतृत्वमा असहल हुने र तटस्थततामा खरो सावित हुने विश्वास उनले व्यक्त गरे । अर्यालले दलीय आवद्धता नराखिकन तटस्थतामा अर्याल खरो उत्रिने विश्वास व्यक्त गरेका हुन् । सभामुखमा अर्यालको एकल उम्मेदवारी परेको छ । यसकारण उनी निर्विरोध भएका हुन् ।
