काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन हुने भएको छ । केन्द्रीय कार्यसम्पादन समिति बैठकले चुनावको मिति तय गरेको हो ।
बै७कले सहमहामन्त्री प्रकाश रसाइलीको संयोजकत्वमा मुना भुसाल र राजु कटुवाल रहेको निर्वाचन समिति गठन गरेको छ । अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, भरतबहादुर खड्काले दलको नेतामा दाबी गरेका छन् ।
धेरै नेता संसदीय दलको नेताका आकांक्षी भएपछि २४ गते निर्वाचन हुने भएको हो । रास्वपा पछिको प्रमुख प्रतिपक्षी दल भएकाले पनि संसदीय दलको नेता बन्न धेरैले चाँसो देखाएका हुन् ।
