काठमाडौं । रास्वपाले उपसभापति डीपी अर्याललाई सभामुखमा अघि सार्ने निर्णय गरेको छ । आज सम्पन्न भएको संसदीय दलको बैठकले अर्याललाई सभामुख बनाउन सभापति रवि लामिछानेको प्रस्तावलाई सर्वसम्मत पारित गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
पार्टीको निर्णय अनुसार अर्यालले भोलि मनोनयन गर्दा गराउँदै छन्। सभामुखको निर्वाचन २२ गतेका लागि तोकिएको छ। रास्वपाको एकल बहुमत भएकाले सभामुखमा अर्को दलको उम्मेदवारी पर्ने सम्भावना छैन।
अर्याल काठमाडौं(९ बाट निर्वाचित सांसद हुन्। उनले यसअघि श्रम मन्त्रालयको जिम्मेवारी पनि सम्हालिसकेका छन्।
