काठमाडौं । व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले उनलाई केहीबेरअघि पक्राउ गरेको हो । सीआईबी प्रमुख एआईजी डा. मनोज केसीले भट्ट पक्राउ परेको बताए । सम्पत्ति शुद्धीकरणको अनुसन्धानको क्रममा भट्ट पक्राउ परेका हुन् ।
सम्पत्ति शुद्धीकरण विभागले उनको पासपोर्ट केही दिनअघि मात्र रोक्का गरेको थियो । सम्पत्ति शुद्धीकरण विभागले भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको थियो ।विभागले गत सोमबार अध्यागमन विभागलाई पत्र पठाएर उनको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो ।
सम्बद्ध स्रोतका अनुसार प्रहरीले बोलाएपछि व्यवसायी भट्ट आज अपराह्न आफैं सीआईबी गएका थिए । सीआईबी पुगेपछि उनलाई पक्राउ पुर्जी दिइएको थियो ।
