काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले भदौ २३ र २४ गते अवैधानिक ढङ्गले रास्वपा अघोषित नेतृत्वमा रङ्ग क्रान्ति सम्पन्न भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकमा शुभकामना मन्तव्य राख्दै नेता थापाले यस्तो बताएका हुन् । साथै उनले फागुन २१ गतेको निर्वाचनमार्फत निलो क्रान्तिलाई बैधानिकता प्रदान गरिएको पनि बताएका छन् ।
‘फागुन २१ गते निर्वाचनमार्फत निलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो । फागुन १३ गते धार्मिक अनुष्ठानका बिच रास्वपा नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइयो’, बादलले भने, ‘यो ऐतिहासिक विजयका लागि रास्वपा र प्रधानमन्त्री शाहलाई म एमालेको तर्फबाट बधाई भन्न चाहन्छु ।’
उनले उक्त विजयमा ककसको भूमिका छ भन्ने सवालमा नेपाली सेना, बारबरा फाउन्डेसन लगायतको निर्णायक भूमिका रहेको बताउँदै धन्यवाद दिए । उनले बाह्य रूपमा पनि टिओवी, एआईलगायतले संविधान र शान्तिका नायकलाई हत्याराका रूपमा करार गरेको र खल पात्रलाई महानायक निभाएको बताए ।
