काठमाडौं । नेकपा एमालेको कर्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’ लाई दिइएको छ । आज च्यासलमा पार्टी पदाधिकारीसहित संसदीय दलको संयुक्त बैठकमा अध्यक्ष ओलीबाट बादललाई जिम्मेवारी तोकेको जानकारी गराइएको सांसद ऐन महरले जानकारी दिए ।
ओली हिरासतमुक्त नभएसम्मका लागि बादल कार्यवाहक रहने उनले सुनाए । अध्यक्ष केपी शर्मा ओली भदौ २३ गतेको जेन्जी आन्दोलनमा जिम्मेवार रहेको ठहर गर्दै गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा ज्यानसम्बन्धी कसुरमा थुनामा छन् ।
