काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं हवाई उडान थप विस्तार गरेको छ । निगमले अब काठमाडौं–दिल्ली–काठमाडौं हप्ताको १० वटा उडान सञ्चालन गर्ने भएको हो । निगमले हाल दैनिक काठमाडौं–दिल्ली–काठमाडौं रुटमा एउटा उडान भर्दै आएको थियो ।
यात्रुको बढ्दो चाप तथा उडानको मागलाई मध्यनजर गर्दै आजबाट काठमाडौं–दिल्ली–काठमाडौं रुटमा हप्ताको तीन दिन उडान थप गरी सञ्चालन गर्ने व्यवस्था मिलाएको निगमले जानकारी दिएको छ ।
यस व्यवस्थासँगै अब काठमाडौं–दिल्ली–काठमाडौं हप्ताको १० वटा उडान सञ्चालन हुने निगमले जनाएको छ।
