काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाह ( बालेन ) ले शासकीय सुधारका योजना अघि बढाउन मन्त्रीहरूसँग छलफल थालेका छन् । आइतबार मन्त्रिपरिषद्को कार्यालयमा उनले पालैपालो मन्त्रीहरूसँग भेटेर छलफल गरिरहेका छन्।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, शिक्षामन्त्री सस्मित पोखरेलसँग छलफल गरिसकेका छन्। मन्त्रिपरिषद्को पहिलो बैठकले शासकीय सुधारका एक सय कार्यसूची बनाएको थियो।
शनिबार सार्वजनिक गरिएको कार्यसूचीमा तीव्र गतिमा लागू गर्न उनले निर्देशन दिएका छन्। त्यसका लागि प्रधानमन्त्री कार्यालयले पनि सबै मन्त्रालयहरूलाई त्यहीअनुसार योजना बनाएर अघि बढ्न निर्देशन दिइसकेको छ। जनताले नयाँ सरकारको अनुभूति हुने गरी काम गर्न प्रधानमन्त्री शाहले कर्मचारीलाई पनि निर्देशन दिइसकेका छन्।
