काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन् ।
पेरिसडाँडामा आज बसेको संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नेकपाको प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ गरी १७ सीट रहेको छ ।
