काठमाडौं । नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई लोकतान्त्रिक मूल्य र कानूनी शासनको विपरीत पक्राउ गरेको निष्कर्ष निकालेको छ। आज बसेको सचिवालय बैठकले तत्काल रिहा गर्न माग गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगप्रति सुरुदेखि नै असहमति रहेको भन्दै प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्त विपरीत रहेको पार्टीको ठहर रहेको बताए।
भदौ २३ र २४ गतेको घटनामा सर्वोच्च अदालतको बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ। ललितपुरको च्यासलस्थित सचिवालय बैठक जारी रहेका बेला एमालेका कार्यकर्ताहरू काठमाडौंको चाबहित क्षेत्रमा भेला भएर केहीबेर अघिसम्म विरोध प्रदर्शन गरेका थिए ।
