काठमाण्डौं । प्रधानमन्त्री नियुक्त भएका बालेन्द्र शाह ( nबालेन ) आफैँ ३६ वर्षका युवा हुन्। बालेन शाह नेतृत्वको सरकारमा १० जना युवा मन्त्री बनेका छन् । बालेन मन्त्रिमण्डलमा ४० बर्ष मुनिका ९ जना मन्त्री बनेका छन् । यसअघिका सरकारमा पुराना दलले एक / दुई जना युवालाई मात्रै फाट्टफुट्ट रूपमा युवा मन्त्री बनाउँदै आएका थिए। यस पटक भने १० जना युवा मन्त्री बनेका हुन्।
वर्षौँदेखि देखिँदै आएका पुराना अनुहारदेखि वाक्क भएका युवाले देशमा नयाँ अनुहारको नेतृत्व खोजिरहेको बेलामा फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले २८२ सिट जितेको थियो। जसमा ५३ जना युवा प्रत्यक्षबाट निर्वाचित भएका थिए। चितवन–३ बाट निर्वाचित ३० वर्षिया सोविता गौतम कानुन मन्त्री बनेकी छिन्। उनले कानुन विषय नै अध्ययन गरेकी थिइन्।
त्यस्तै जेनजी आन्दोलनबाट चर्चामा आएका सुधन गुरुङ गृहमन्त्री बनेका छन् । ३८ वर्षिय गुरुङले रवि लामिछाने र बालेन शाहलाई मिलाउनमा पनि ठुलो भूमिका खेलेका थिए। उनी गोरखा २ बाट निर्वाचित सांसद हुन्।
यस्तै समानुपातिक तर्फबाट सांसद बनेकी प्रतिभा रावल समान्य प्रशासनमन्त्री बनेकी छिन् । उनी ३२ वर्षीया युवा हुन्। थारु महिला क्लस्टरबाट समानुपातिक तर्फबाट सांसद बनेकि गीता चौधरी कृषिमन्त्री बन्ने भएकी छिन्। ३३ वर्षीया चौधरी अधिवक्ता तथा मानव अधिकारकर्मीको रुपमा वकालत गर्दैआएकी एक सामाजिक अभियान्ता पनि हुन्। यस्तै महोत्तरीबाट निर्वाचित दीपक साह श्रममन्त्री भएका छन्। उनी ३४ वर्षिय युवा हुन्।
यस्तै काठमाडौँ ३ बाट निर्वाचित भएका सस्मित पोखरेल शिक्षामन्त्री भएका छन्। उनी हालसम्म आएको मन्त्रीहरूको सुची मध्ये सबैभन्दा कम उमेरका हुन्। वादी समुदायको प्रतिनिधित्व गर्दै समानुपातिक तर्फबाट सांसद बनेकि सीता वादी महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री बनेकीकी छिन्। उनी ३० वर्षिया युवा हुन्। यस्तै ३८ वर्षिया निशा महतो स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छिन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री भने सुनिल लम्साल भएका छन्। उनी ३५ वर्षिय युवा हुन्। यसरी आज सपथ लिएका १४ जना मध्ये ९ जना ४० बर्ष मुनिका युवा रहेका छन् ।
