काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहबीच बालेनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।
राष्ट्रपति पौडेलले शुभसाइतमा बालेनलाई शपथ दिलाए । यसअघि आजै बालेन प्रधानमन्त्री नियुक्त भएका थिए । राष्ट्रपति पौडेलले उनलाई संविधानको धारा ७६ ९१०अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।
उनी पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै झापा क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए ।
