काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले वरिष्ठ नेता बालेन्द्र शाह ( बालेन) लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने निर्णय गरेको छ । आजै बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो ।
केन्द्रीय समिति बैठकमा बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव सभापति रवि लामिछानेले गरेका थिए । उक्त प्रस्तावमाथि सर्वसम्मत निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको थियो । बालेन झापा ५ बाट निर्वाचित भएका हुन् ।
