काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता बालेन शाह पनि सहभागी भएका छन्। अहिले केन्द्रीय कार्यालय चस्मतिमा केन्द्रीय समिति बैठक बसेको छ।
बैठकमा सभापति रवि लामिछाने र वरिष्ठ नेता शाह पनि उपस्थित छन्। बालेन पहिलो पटक केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन्।
केन्द्रीय समिति बैठकपछि संसदीय दल बैठक पनि बस्नेछ।
केन्द्रीय समितिले बालेनलाई संसदीय दल नेता बनाउन विधान संशोधन गर्ने तयारी गरेको नेताहरूको भनाइ छ। बालेनलाई आजै संसदीय दल बैठकबाट संसदीय दल नेता चयन गर्ने तयारी छ भने भोलि प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम छ।
