काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित २७५ मध्ये २४ जना सदस्यले मातृभाषामा शपथ लिने भएका छन् । चैत १२ गते दिउँसो २ बजेका लागि तय भएको शपथमा उनीहरुले आफ्नो भाषामा शपथ लिने जानकारी संसद सचिवालयलाई दिएका हुन् । संघीय संसद सचिवालयले मातृभाषामा शपथ लिन चाहनेलाई ३ दिनअघि नै जानकारी गराउन सूचित गरेको थियो ।
संसदको सूचना अनुसार शपथ लिन चाहने संसदको संख्या २४ पुगेको छ । उनीहरुले रोजेको मातृभाषाको संख्या ११ रहेको छ । चैत ११ गते ज्येष्ठ सदस्यको शपथ राष्ट्रपति कार्यालयमा भएपछि चैत १२ गते संसद भवनमा बाँकी सदस्यको शपथ हुँदा यी २४ जनाले मातृभाषामा शपथ लिने भएका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ ९२० मा कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले उपदफा ९१० बमोजिमको शपथको बेहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रति प्रतिनिधि सभा वा त्यसको कुनै समितिको पहिलो बैठकमा भाग लिनु तीन दिनअगावै सङ्घीय संसद् सचिवालयलाई उपलब्ध गराउनुपर्ने उल्लेख छ ।
ऐनको सो व्यवस्थाबमोजिम सचिवालयले सूचना प्रकाशन गरी मातृभाषामा शपथ लिन चाहने सदस्यले चैत ९ गतेभित्र जानकारी गराउन आग्रह ग¥यो । नेपाली मातृभाषामा शपथ लिन चाहने सदस्यले शपथको बेहोरा सम्बन्धित भाषामा आफैँ अनुवाद गरी सो अनुवादको प्रति सचिवालयको सुविधा व्यवस्थापन शाखामा बुझाएका छन् । चैत ११ गते ज्येष्ठ सदस्यको शपथ राष्ट्रपति कार्यालयमा भएपछि चैत १२ गते संसद भवनमा बाँकी सदस्यको शपथ हुँदा यी २४ जनाले मातृभाषामा शपथ लिने भएका छन् ।
