काठमाण्डौं । प्रतिनिधिसभामा रहेका ६ वटा राष्ट्रिय दलमध्ये दुई दलका प्रमुख सचेतकले गाडि सुविधा नपाएन भएका छन्। दश वटाभन्दा कम सांसद भएका दलको प्रमुख सचेतकले गाढि सुविधा नपाउने नियम अनुसार श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) यस्तो सुविधाबाट बञ्चित हुने भएका हुन् । यद्यपी उनीहरूले दलको प्रमुख सचेतक र सचेतक भने छनौट गर्नुपर्ने छ।
‘दुईभन्दा बढि सांसद भएका दलले संसदीय दलको प्रमुख, आवश्यक्ताको आधारमा उपप्रमुख तथा प्रमुख सचेतक छनौट गर्नुपर्छ। उहाँहरूको विभिन्न जिम्मेवारी हुन्छ।’ संसद सचिवालयका उपसचिव अधिराज राईले भने, ‘तर गाडि सुविधाका लागि भने दश जनाभन्दा बढि सांसद हुनुपर्छ।’
राईका अनुसार सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकले पारिश्रमिक तथा अन्य सुविधा पनि पाउने व्यवस्था छ। यो बाहेक अन्य दलका प्रमुख सचेतकहरूले भने त्यस्तो सुविधा पाउँदैनन्। २१ फागुनको निर्वाचनपछि बनेका ६ दलमध्ये श्रम संस्कृति पार्टीका ७ जना र राप्रपाका ५ जना सांसद मात्र रहेका छन्। अन्य दलहरूमा भने राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का १८२, नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५ र नेकपाका १७ जना सांसद रहेका छन्।
कानुनी व्यवस्था अनुसार प्रमुख सचेतकले सवारी सुविधा, दुई जना चालक, छुट्टै कार्यालय, एक जना कार्यालय सहयोगी तथा मासिक १५ हजार रुपैयाँ अतिथि सत्कार खर्च पाउने व्यवस्था छ। स्वकीय सचिवको सुविधा भने हाल निष्क्रिय रहेको जनाइएको छ।
यसैबिच श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले राज्यले दिने सेवा सुविधाहरूमा सबै नागरिकका लागि समान हुनुपर्ने बताएका छन्। राज्यको सेवा सुविधामा विभेद हुन नहुने बताउँदै उनले विभेद भएमा कसैले पनि नलिन नहुने तर्क गरे। राज्यको सेवा सुविधामा विभेद हुनु हुँदैन है । नत्र कसैले पनि नलिनु राम्रो१ कसैले लिने कसैलाई नदिने गर्नु हुन्न१ु साम्पाङले सामाजिक सञ्जालमा भने।
