काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आन्तरिक कारणले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको प्रारम्भिक निचोड निकालेको छ । घात अन्तर्घातका कारण हारिएका क्षेत्र २१ सीट रहेको प्रवक्ता देवराज चालिसेले बताए । सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकबीच सञ्चारकर्मीसँग कुरा उनले पार्टीले पराजय भोगेको अधिकांश क्षेत्रको मतान्तरलाई हेर्दा पार्टीको आन्तरिक कारण देखिएको बताए ।
५ भोटदेखि ३ हजार मतान्तर हारिएको ठाउँ २१ क्षेत्र रहेको उनको भनाइ छ । ३ देखि ५ हजार मतान्तर रहेको क्षेत्रमा पनि अन्तर्घातसँगै चुनावी क्याम्पियन चलाउने प्रक्रियामा त्रुटि भए कि भन्ने प्रारम्भिक निचोड रहेको चालिसेले बताएका छन् । त्यस्तै, ५(१० हजारदेखि ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा आन्तरिक कारण, अभियान र न्यारेटिभ कारक देखिएको कांग्रेसको विश्लेषण छ । कतिपय क्षेत्रमा जनताको विश्वासमै प्रश्न उठेको हो कि भन्ने सघनतापूर्वक छलफल भएको प्रवक्ता चालिसेले सुनाए ।
क्रियाशील सदस्यको संख्या बढ्दै जाँदा मत भने घट्दै गएकाले निर्वाचनको परिणामलाई गहिरो र तथ्यमा आधारित भएर पार्टीले विश्लेषण गर्ने उनको भनाइ छ ।चालिसेले भने, ‘साढे ८ लाख क्रियाशील सदस्य रहेको पार्टीमा एउटा घरमा ४ लाख सदस्यको हिसाब गर्दा पनि किन १७ लाखमात्र मत आयो रु’ चुनावी नतिजाबारे पार्टीमा प्रस्तुत भएका प्रतिवेदन र जिल्लाबाट आएका रिपोर्टलाई एकै ठाउँमा राखेर सुक्ष्म अध्ययनपछि निष्कर्ष निकाल्ने उनले जानकारी दिए । आगामी दिनमा कांग्रेस नवजीवन र पुनस् सुदृढ गर्दै अघि बढ्ने उनले बताए ।
